Logo

May 31 2025 | २०८२, जेठ १७गते

May 31 2025 | २०८२, जेठ १७गते

images

अर्थतन्त्रमा कृषिको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको घट्यो

अर्थतन्त्रमा कृषिको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको घट्यो

  •  

    काठमाडौँ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको योगदान घटेको छ ।

     

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्मा पेस गर्नुभएको ‘आर्थिक सर्वेक्षण २०८१र८२’ अनुसार चालु आर्थिक वर्षमा जिडिपीमा कृषिको योगदान वृद्धि हुने देखिएको हो ।

     

    “चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५।१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२।८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२।०१ प्रतिशत रहने अनुमान छ,” आर्थिक सर्वेक्षणमा भनिएको छ । गत आर्थिक वर्ष जिडिपीमा कृषि क्षेत्रको योगदान २४।७१, उद्योगको १२।९१ र सेवा क्षेत्रको ६२।३८ प्रतिशत  थियो । कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान उच्च  देखिन्छ ।

     

    कृषि, विद्युत् तथा ग्याँस, यातायात तथा भण्डारणलगायतका क्षेत्रमा भएको वृद्धिका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४।६१ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३।६७ प्रतिशत थियो । 

     

    आर्थिक सर्वेक्षणअनुसार चालु आवमा नेपालको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान छ । चालु आवमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ५।५१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम ३।३२ प्रतिशत रहने अनुमान छ । त्यसैगरी कोशीको ३।३६, मधेशको ४।५०, बागमतीको ५।१८, लुम्बिनीको ४।७० प्रतिशत र कर्णाली प्रदेशको ४।७४ प्रतिशत रहने अनुमान छ ।

     

    आर्थिक सर्वेक्षणअनुसार चालु आवमा कृषि क्षेत्रको उत्पादन ३।२८ र गैरकृषि क्षेत्रको उत्पादन ४।२८ प्रतिशतले बढ्ने अनुमान छ । गत आर्थिक वर्ष कृषि क्षेत्रको उत्पादन ३।३५ र गैरकृषि क्षेत्रको उत्पादन ३।३६ प्रतिशतले बढेको थियो । यस वर्ष धानको उत्पादन ४।०४ प्रतिशतले बढ्ने अनुमान छ ।

     

    कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश उच्च रहेको छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा ९३।७८ प्रतिशत रहेको कुल उपभोग चालु आर्थिक वर्ष ९३।४५ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको ६।२२ प्रतिशत रहेकामा चालु आर्थिक वर्ष ६।५५ प्रतिशत पुग्ने अनुमान छ ।

         

    आर्थिक वर्ष २०८०र८१ मा कुल स्थिर लगानी ५।२ प्रतिशतले वृद्धि भएकामा चालु आवमा ५।८ प्रतिशतले बढेर रु १४ खर्ब ७० अर्ब १२ करोड पुग्ने अनुमान छ । कुल स्थिर लगानीमध्ये सार्वजनिक क्षेत्रको हिस्सा ३९।१ प्रतिशत र निजी क्षेत्रको हिस्सा ६०।९ प्रतिशत रहेको छ ।

     

    चालु आवमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय ९प्रचलित मूल्यमा० ५।८ प्रतिशतले वृद्धि भइ रु दुई लाख छ हजार ४२४ पुग्ने अनुमान छ । त्यस्तै आर्थिक वर्ष २०८०र८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ४६७ अमेरिकी डलर रहेकामा चालु आर्थिक वर्षमा एक हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान छ ।

     

    अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको कमी, छिमेकी मुलुकको मुद्रास्फीतिमा आएको कमीलगायतका कारण चालु आवको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ४।७२ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको फागुनसम्म यस्तो मुद्रास्फीति ६।०८ प्रतिशत थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij