
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सूचना प्रविधिको डिजिटलाइजेशनलाई तीव्रता दिन र प्रविधि क्षेत्रमा नवप्रवर्तन र सुधारका कार्यक्रमहरूलाई अघि बढाउन उक्त बजेट छुट्याइएको बताए।
यो बजेटले डिजिटल पूर्वाधार विकास, साइबर सुरक्षा, सूचना प्रविधि सेवा विस्तार र डिजिटल पहुँचलाई समावेश गरी मुलुकलाई स्मार्ट र टेक्नोलोजीमैत्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij