Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

विदेशी विद्यार्थीलाई निःशुल्क भिषा सुविधा, अभिभावकलाई बहु प्रवेश भिषा

विदेशी विद्यार्थीलाई निःशुल्क भिषा सुविधा, अभिभावकलाई बहु प्रवेश भिषा

  •  

    काठमाडौं । सरकारले नेपालमा अध्ययन गर्ने विदेशी विद्यार्थीहरूलाई आर्कषित गर्न आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा निःशुल्क भिषा प्रदान गर्ने निर्णय गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै शैक्षिक क्यालेन्डर अवधिभर विदेशी विद्यार्थीहरूलाई निःशुल्क भिषा उपलब्ध गराउने व्यवस्था गरिने जानकारी दिए।

    यसैगरी, विदेशी विद्यार्थीका अभिभावकलाई बहु प्रवेश भिषा प्रदान गरिनेछ, जसले विद्यार्थी र उनका परिवारलाई सहजता र सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ। सरकारले यस कदममार्फत शैक्षिक क्षेत्रको अन्तर्राष्ट्रियकरण र विदेशी लगानीलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij