
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट भाषण गर्दै युवाको सशक्तिकरण र खेलकुद विकासका लागि यस रकम छुट्याइएको जानकारी दिएका छन्।
यस बजेटले युवा कार्यक्रमहरूलाई प्रवर्द्धन गर्ने, खेलकुद पूर्वाधार सुधार्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता बढाउने योजना समेटेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij