
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज कोशी र गण्डकी प्रदेशसहितका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ, भने अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ।
दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा अन्य केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि रहेको छ। साथै, कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा र हिमपात हुनसक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रहरूका केही स्थानहरूमा पुनः मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कतिपय स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij