Logo

Jun 15 2025 | २०८२, असार १गते

Jun 15 2025 | २०८२, असार १गते

images

मेडिकल काउन्सिलको परीक्षामा फेल हुने २२ प्रतिशत बढी

मेडिकल काउन्सिलको परीक्षामा फेल हुने २२ प्रतिशत बढी

  • काठमाडौं । नेपाल मेडिकल काउन्सिलले १२ देखि १५ जेठसम्म सञ्चालित नाम दर्ता (लाइसेन्स) परीक्षा पास गर्ने  ७८ प्रतिशत जति परीक्षार्थी रहेका छन् ।

    परीक्षाको नतिजाअनुसार कुल ७७.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा कुल २ हजार ९० जना परीक्षार्थी दर्ता भएकामध्ये २ हजार ७७ जना परीक्षामा सहभागी भएका थिए ।

    १३ जना परीक्षार्थी अनुपस्थित रहेको काउन्सिलले जनाएको छ । मेडिकल र डेन्टल दुवै कार्यक्रम समावेश गरिएको उक्त परीक्षामा मेडिकल क्षेत्रतर्फ १ हजार ६११ जना दर्ता भएकामध्ये १ हजार ६०० जनाले परीक्षा दिएका थिए ।

    तीमध्ये १ हजार २२६ जना उत्तीर्ण भएका छन् । यो ७६.६२ प्रतिशत सफलता हो । डेन्टल क्षेत्रतर्फ ४७९ परीक्षार्थी दर्ता भएकामध्ये ४७७ जनाले परीक्षा दिएका मध्ये ३९४ जना उत्तीर्ण भएका छन्।यो  ८२.६० प्रतिशत सफल सफलता हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij