Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

फर्स्ट माइक्रोफाइनान्सले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १,००,००० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यस सेयर बिक्रीमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र भाग लिन सक्नेछन्।

    सेयर खरिदमा इच्छुक संस्थापकले आज (जेठ १६ गते) देखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर काठमाडौंमा आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ। इच्छुक संस्थापकले न्यूनतम मूल्य २८० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गर्दै गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij