Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

एनएमबि फिफ्टीको नाफा घट्यो, आम्दानी घट्दा र खर्च बढ्दा असर

एनएमबि फिफ्टीको नाफा घट्यो, आम्दानी घट्दा र खर्च बढ्दा असर

  •  

    काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजना एनएमबि फिफ्टी को नाफा वैशाख महिनामा घटेको छ। चैत मसान्तसम्म १४ करोड ७१ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको यस योजनाले वैशाख मसान्तसम्म आइपुग्दा नाफा घटेर १३ करोड ७२ लाख रुपैयाँमा झरेको हो।

    नाफा घट्नुको प्रमुख कारण योजना अन्तर्गत आम्दानीमा कमी आउनु र खर्चमा वृद्धि हुनु हो। चैत मसान्तसम्म १६ करोड ८१ लाख रुपैयाँ आम्दानी भएको योजनाको आम्दानी वैशाख मसान्तसम्म घटेर १६ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ। उता, चैत मसान्तमा २ करोड ९ लाख रुपैयाँ खर्च भएको योजना वैशाख मसान्तसम्म आइपुग्दा २ करोड ३३ लाख रुपैयाँभन्दा बढी खर्चमा पुगेको छ।

    २०७६ सालदेखि सञ्चालनमा रहेको सात वर्षे अवधि भएको यो बन्दमुखी योजना अन्तर्गत १२ करोड ५० लाख इकाई जारी गरिएको थियो। वैशाख मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ९ल्ब्ख्० घटेर ११ रुपैयाँ ३१ पैसा पुगेको छ, जुन चैत मसान्तको ११ रुपैयाँ ३९ पैसा भन्दा कम हो।

    धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ सञ्चालित यस योजनाले वैशाख मसान्तसम्म १ अर्ब २५ करोड ८१ लाख रुपैयाँभन्दा बढीको धितोपत्रमा लगानी गरेको छ। सो लगानीको बजार मूल्य भने १ अर्ब ३३ करोड ९ लाख रुपैयाँभन्दा बढी रहेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij