Logo

Aug 12 2025 | २०८२, साउन २७गते

Aug 12 2025 | २०८२, साउन २७गते

images

एनएमबि हाईब्रिड फण्ड एल–२ को नोक्सानी थप बढ्यो, आम्दानी ऋणात्मक र खर्च बढेपछि दबाव

एनएमबि हाईब्रिड फण्ड एल–२ को नोक्सानी थप बढ्यो, आम्दानी ऋणात्मक र खर्च बढेपछि दबाव

  •  

    काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल–२ ले वैशाख महिनामा थप नोक्सानी बेहोरेको छ। चैत मसान्तसम्म १ करोड ३८ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजना वैशाख मसान्तसम्म आइपुग्दा नोक्सानी बढेर १ करोड ६१ लाख रुपैयाँभन्दा बढी पुगेको हो।

    योजनाको आम्दानी पक्ष अझै ऋणात्मक अवस्थामा छ। वैशाख मसान्तसम्म योजना ७० लाख रुपैयाँभन्दा बढी ऋणात्मक आम्दानीमा रहेको छ, जुन चैत मसान्तमा ६९ लाख ३१ हजार रुपैयाँ ऋणात्मक थियो।

    उता, खर्च पक्षमा पनि उल्लेख्य वृद्धि भएको छ। चैत मसान्तसम्म ६९ लाख १५ हजार रुपैयाँ खर्च गरेको योजनाले वैशाख मसान्तसम्म आइपुग्दा ९१ लाख ७० हजार रुपैयाँभन्दा बढी खर्च गरेको देखिएको छ।

    २०८१ सालदेखि सञ्चालनमा आएको यो १० वर्षे अवधिको बन्दमुखी योजना हो। यस योजनाले धितोपत्र तथा बैंकको मुद्दती निक्षेपमा लगानी गरेको छ, जसको संयुक्त बजार मूल्य १ अर्ब ८ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

    धितोपत्रमा गरिएको लगानीको परलमूल्य ७६ करोड ४५ लाख रुपैयाँभन्दा बढी रहेको छ भने बैंकको मुद्दती निक्षेपमा २० करोड रुपैयाँ लगानी गरिएको छ।

    योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य  पनि घटेको छ। चैत मसान्तमा ९ रुपैयाँ ९० पैसा रहेको  वैशाख मसान्तसम्म झरेर ९ रुपैयाँ ८८ पैसामा झरेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij