Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

धितोपत्र बजारमा सर्वाधिक पूँजीकरण भएका कम्पनीको सूचीमा चार वाणिज्य बैंक, विशाल बजार शीर्ष स्थानमा

धितोपत्र बजारमा सर्वाधिक पूँजीकरण भएका कम्पनीको सूचीमा चार वाणिज्य बैंक, विशाल बजार शीर्ष स्थानमा

  •  

    काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये सर्वाधिक बजार पूँजीकरण भएका १० कम्पनीको सूचीमा चार वटा वाणिज्य बैंक परेका छन्। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको शेयरमूल्यको आधारमा यस्तो सूची तयार पारिएको हो।

    सूचीको शीर्ष स्थानमा विशाल बजार कम्पनी रहँदा, दोस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी, तेस्रोमा नेपाल दुरसञ्चार कम्पनी रहेका छन्। चौथो स्थानमा नबिल बैंक, पाँचौंमा नागरिक लगानीकोष, छैठौंमा हिमालयन रिइन्स्योरेन्स, सातौंमा ग्लोबल आइएमई बैंक, नवौंमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी, र दशौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन्।

    विशाल बजार कम्पनीको कुल बजार पूँजीकरण २ खर्ब २७ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। वैशाख मसान्तसम्म यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५,६८४ रुपैयाँ ४३ पैसा थियो, जुन जेठ १४ गतेको अन्तिम कारोबारमा ५,६९९ रुपैयाँ पुगेको छ। दोस्रो बजारमा कम्पनीका ४ करोड १ लाख कित्ता शेयर सूचीकृत छन्।

    एक समय सर्वाधिक पूँजीकरणमा अग्रस्थानमा रहेको नेपाल दुरसञ्चार कम्पनी हाल तेस्रो स्थानमा खस्किएको छ। यस कम्पनीका १८ करोड कित्ता शेयर दोस्रो बजारमा सूचीकृत छन्।

    त्यस्तै, पूँजीकरणमा दोस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ४२ लाख २१ हजार ८७१ कित्ता शेयर सूचीकृत छन्।

    वाणिज्य बैंकहरूमध्ये सूचीमा परेका चार बैंकहरू हुन्स्

    नबिल बैंक (४औं स्थान)

    ग्लोबल आइएमई बैंक (७औं स्थान)

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (१०औं स्थान)

    image-20250530152127-1.jpeg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij