Logo

Sep 03 2025 | २०८२, भदौ १८गते

Sep 03 2025 | २०८२, भदौ १८गते

images

११ प्रहरी नायव महानिरीक्षक (डीआईजी)को बढुवा

११ प्रहरी नायव महानिरीक्षक (डीआईजी)को बढुवा

  • काठमाडौँ ।  गृहमन्त्रीस्तरीय निर्णयबाट  ११ प्रहरी नायव महानिरीक्षक (डीआईजी)को बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीस्तरीय निर्णयअनुसार बढुवा भएसँगै उनीहरूको पदस्थापन तथा काज गरिएको  शुक्रबार जनाएको हो ।

    पद बढुवा सूची अनुसार   डीआईजी सुदर्शन प्रसाद कोइरालाको प्रहरी प्रधान कार्यालय विशेष ब्युरोमा पदस्थापन भएको छ । यस्तै विनोद घिमिरेको महानिरीक्षकको सचिवालय, दीपेन्द्र घर्ती क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दीपक रेग्मीको अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन भएको छ । 

    यसैगरी माधव प्रसाद श्रेष्ठको कर्णाली प्रदेश, दिलीप सिंह देउवाको अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, दीपक कुमार बस्नेतको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, ओम बहादुर रानाको अख्तियार, जयराज सापकोटाको कार्यविभाग, सञ्जीव शर्मा दासको अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्र बहादुर गुरुङको साइबर ब्युरोमा पदस्थापन भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij