Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

उपत्यकामा भोटो जात्राको अवसरमा सावजनिक बिदा , शेयर कारोबार नहुने

उपत्यकामा भोटो जात्राको अवसरमा सावजनिक बिदा , शेयर कारोबार नहुने

  • काठमाडौँ ।जेठ १८ गते रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रा परेको छ । सो दिन काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने गर्दछ। काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुँदा शेयर बजार पनि बन्द रहने गरेको छ। त्यस कारण बजेटपछिको पहिलो शेयर कारोबार जेठ १९ गतेमात्र हुने छ।

    रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लाने तयारी छ । लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नुपर्ने भएकोले  मंगलबजारको सोह्रखुट्टेपाटीमा बसेर ज्योतिषहरूले साइत हेरेका थिए।  रथ तान्ने उत्तम दिन जेठ १५ गते निस्किएको थियो। रथलाई जावलाखेल पुर्‍याएको चार दिनपछि अर्थात् जेठ १८ गते भोटो देखाउने जात्रा हुने प्रचलन छ। वर्षा र सहकालको देवताका रूपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङ्गमति लगिएपछि यस वर्षको जात्रा सम्पन्न भएको मानिन्छ ।

    रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्राको सार्वजनिक विदा नेपाल राजपत्रमा प्रकाशन भईसकेको छ । तर दिन भने पछि तय हुने भएकोले गृह मन्त्रालयले यस बारे निर्णय गर्ने छ। गृह मन्त्रालयले शुक्रबारसम्ममा सार्वजनिक विदाको सूचना प्रकाशन गर्ने छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij