Logo

Aug 09 2025 | २०८२, साउन २४गते

Aug 09 2025 | २०८२, साउन २४गते

images

सुर्तीजन्य पदार्थको लत छुटाउन सरकारको अभियान सञ्चालनमा

सुर्तीजन्य पदार्थको लत छुटाउन सरकारको अभियान सञ्चालनमा

  • काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ सेवनकर्तालाई त्यस्ता लत छुटाउन अभियान सञ्चालन गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि हेल्प लाइन सेवा ल्याएको हो ।मन्त्रालयले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सो हेल्पलाइन सेवाको शुभारम्भ गरे ।

    लत त्याग्न ११३२ मा कल गरेर परामर्श सेवा लिन सकिन्छ । उक्त परामर्श सेवा निःशुल्क रहेको छ । स्वास्थ्यमन्त्री पौडेलले हेल्पलाइन सेवा सुर्तीजन्य पदार्थ नियन्त्रणमा सकरात्मक कदम हुने विश्वास व्यक्त गरे । मन्त्री पौडेलका अनुसार हेल्पलाइनले सुर्तीजन्य पदार्थ नियन्त्रणमा सहयोग पुग्छ । सुर्तीजन्य पदार्थ नियन्त्रण, न्यूनीकरण तथा जनचेतना विस्तार गर्ने सम्बन्धमा केही उपलब्धि प्राप्त भएको छ । उत्पादन र आयात रोक्न सकिंदैन तर उपभोक्ता घटाउन कसरी सकिन्छ । 

    health1.jpg 

    सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न यस्ता पदार्थमा कर बढाउने, यसको सेवनलाई निरुत्साहित गर्न जनचेतना अभिवृद्धिको खाँचो सबै तहबाट रहेको छ ।स्वास्थ्य सचिव डा. विकास देवकोटाले जनाए अनुसार युवाहरु सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग चिन्ताजनक छ । दिवसको अवसरमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण र न्यूनीकरण गर्न योगदान पु¥याएका संघसंस्था र पत्रकार गरी ७ जनालाई ‘स्वास्थ्यमन्त्री ब्लूमबर्ग जनस्वास्थ्य पुरस्कार’बाट पुरस्कृत समेत गरिएको थियो ।हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थ रहित दिवस मनाइने गरेको छ । यस वर्षको नारा ‘सूर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौं यो मोहजाल’ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij