Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

पठाओले भाडा दर नबढाएको स्पष्टिकरण, 'एपमा कुनै शुल्क वृद्धि छैन'

पठाओले भाडा दर नबढाएको स्पष्टिकरण, 'एपमा कुनै शुल्क वृद्धि छैन'

  •  

    काठमाडौं । राइड सेयरिङ सेवा प्रदान गर्ने कम्पनी पठाओले भाडा दर नबढाएको स्पष्ट पारेको छ। सोमबार (जेठ १९ गते) देशभर सार्वजनिक यातायात अवरुद्ध भएको अवस्थामा केही राइड सेयरिङ सेवाले भाडा बढाएको भन्ने समाचारहरू प्रकाशित भएपछि पठाओले आपत्ति जनाएको हो।

    कम्पनीले सार्वजनिक सूचना जारी गर्दै आफ्नो एपमार्फत लिइने शुल्क नियमित नै रहेको जनाएको छ। 'एपमा कुनै पनि शुल्क वृद्धि गरिएको छैन,' पठाओको विज्ञप्तिमा भनिएको छ, 'बरु यात्रुहरूलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न कम्पनीले राइडरहरूलाई क्वेस्ट र इन्सेन्टिभमार्फत थप राइड गर्न प्रोत्साहित गरिरहेको छ।'

    पठाओले आफूमाथि लगाइएको भाडा वृद्धि सम्बन्धी आरोप तथ्यविहीन भएको दाबी गर्दै सार्वजनिक यातायात नचल्ने अवस्थामा यात्रुहरूलाई सेवा दिन सकेसम्म सहयोग गर्ने प्रयास गरिरहेको जनाएको छ।

    news_jcyiybjmqwo.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij