Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारेर मुलुकभर १८ हजार विरुवा रोप्ने लक्ष्यका साथ देशभर वृक्षारोपण अभियान अघि बढाइरहेको छ।

    टोखा नगरपालिकाका विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा बैंकले करिब १,००० वटा फलफुलका विरुवा रोपेको छ। उक्त कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका शिक्षक, प्रतिनिधि, विद्यार्थी र स्थानीयवासीको उपस्थिति थियो।यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाहरूमा १,५०० वटा बाँसका विरुवा रोपिएका छन्। उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, नगरप्रमुख, नेपाली सेना र प्रहरीका जिल्ला प्रतिनिधिहरू तथा स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    बैंकले विश्व वातावरण दिवसको सन्दर्भमा सातवटै प्रदेशमा वृक्षारोपण कार्यक्रम संचालन गरिरहेको छ। यस अभियानमार्फत बैंकले जलवायु परिवर्तन न्यूनीकरणमा योगदान दिनुका साथै स्थानीय स्तरमा आम्दानी सिर्जना हुने अपेक्षा राखेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij