Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

एनआईसी एशिया लघुवित्तको ‘लक-इन’ अवधि असार १९ मा समाप्त, असार २० देखि संस्थापक सेयर कारोबार योग्य

एनआईसी एशिया लघुवित्तको ‘लक-इन’ अवधि असार १९ मा समाप्त, असार २० देखि संस्थापक सेयर कारोबार योग्य

  • काठमाडौं ।  एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरमा लगाइएको ‘लक-इन’ अवधि आगामी असार १९ गते सकिने भएको छ। यसपछि, असार २० गतेबाट संस्थापक सेयरधनीहरूले होल्ड गरेको सेयर बजारमा बिक्रीका लागि योग्य हुनेछ।

    संस्थाको सेयर २०७७ सालको असार २० गते बाँडफाँट गरिएको थियो, जसअनुसार ५ वर्षे ‘लक-इन’ अवधि यही वर्ष समाप्त हुँदैछ। हाल कम्पनीका १ करोड ४५ हजार कित्ता संस्थापक सेयरहरू लक-इनमा रहेका छन्।

    कम्पनीको सेयर रजिष्ट्रारको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले वहन गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij