Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

दरमखोला हाइड्रो इनर्जीलाई आईपीओ बिक्री अनुमति, ३९.५० लाख कित्ता सेयर जारी हुँदै

दरमखोला हाइड्रो इनर्जीलाई आईपीओ बिक्री अनुमति, ३९.५० लाख कित्ता सेयर जारी हुँदै

  •  

    काठमाडौं ।दरमखोला हाइड्रो इनर्जी लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३९ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न पाउने भएको छ। यस अनुसार, कम्पनीले कुल ३९ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले पाउनेछ।

    दरमखोला हाइड्रो बागलुङ जिल्लाको गल्कोट–११ मा अवस्थित रन-अफ-रिभर प्रकारको जलविद्युत् आयोजना हो। यस आयोजना मार्फत दरम खोलाको पानीको प्रयोग गरी ९.६ मेगावाट विद्युत् उत्पादन गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij