Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

१८ वर्षपछि रोयल च्यालेन्जर्स बेंगलुरुले जित्यो आईपीएल उपाधि

१८ वर्षपछि रोयल च्यालेन्जर्स बेंगलुरुले जित्यो आईपीएल उपाधि

  •  

    काठमाडौँ । १८ वर्षको लामो प्रतीक्षा पछि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक ८८इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जित्न सफल भएको छ।

    मंगलबार राति सम्पन्न रोमाञ्चक फाइनल खेलमा बेंगलुरुले पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको हो।

    पहिले ब्याटिङ गर्दै बेंगलुरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १९० रनको चुनौतीपूर्ण स्कोर खडा गर्‍यो। टोलीका लागि विराट कोहलीले सर्वाधिक ४३ रन, कप्तान रजत पाटिदारले २६ रन, र लियाम लिभिङस्टोनले २५ रनको योगदान दिए। मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए।

    पञ्जाबका बलर अर्शदीप सिंह र काइल जेमिसनले ३–३ विकेट लिँदा, अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजवेन्द्र चहलले १–१ विकेट लिए।

    जवाफमा पञ्जाब किङ्सले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सफल भयो। अन्तिम ओभरमा २९ रन आवश्यक थियो तर पूरा गर्न असफल हुँदा पञ्जाब पराजित भयो। पञ्जाबका लागि शशांक सिंहले ३० बलमा अविजित ६१ रन बनाए भने जोश इङ्लिसले ३९ रन जोडे।

    बेंगलुरुका बलरमध्ये भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २–२ विकेट लिँदा, जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १–१ विकेट लिए।

    यो उपाधि जितेसँगै बेंगलुरुले आफ्नो १८ वर्षे ‘ट्रफी ड्राउट’ अन्त्य गरेको छ। यसअघि सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेपनि बेंगलुरु उपाधि जित्न असफल रहँदै आएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij