Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक : राइड शेयरिङ प्रवर्द्धनदेखि विश्व सम्पदा सूचीमा सिफारिशसम्म (पूर्णपाठ)

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक : राइड शेयरिङ प्रवर्द्धनदेखि विश्व सम्पदा सूचीमा सिफारिशसम्म (पूर्णपाठ)

  •  

    काठमाण्डौ ।  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

    आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले देशभर चर्चा र बहसको केन्द्र बनेको ‘राइड शेयरिङ’ सेवालाई थप प्रवर्द्धन गर्ने घोषणा गरेको छ। डिजिटल प्लेटफर्ममार्फत सञ्चालित यो सेवा प्रदेशभित्र सुरक्षित र व्यवस्थित बनाउन सरकारले सहयोग गर्ने उल्लेख गरिएको छ।

    त्यस्तै, गण्डकी प्रदेशका १० वटा सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सिफारिश गर्ने तयारीसमेत नीति तथा कार्यक्रममा समेटिएको छ।

    नीति तथा कार्यक्रमले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकता दिएको छ। विशेषगरी पर्यटन प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने, कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने, यातायात तथा ऊर्जा पूर्वाधार विस्तार गर्ने र प्रदेश प्रशासनलाई पारदर्शी तथा जवाफदेही बनाउने उद्देश्य लिएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij