Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

निफ्राको ५ अर्बको ऋणपत्रमा कम माग, आवेदन समय जेठ २५ सम्म लम्बियो

निफ्राको ५ अर्बको ऋणपत्रमा कम माग, आवेदन समय जेठ २५ सम्म लम्बियो

  •  

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्कासन गरेको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा पर्याप्त आवेदन नपरेपछि आवेदन दिने समय थपिएको छ। यसअघि कम्पनीले जेठ १८ देखि ऋणपत्र बिक्री खुला गरेको थियो र आज ९जेठ ५० सम्म आवेदन दिन सकिने बताएको थियो। तर, पछिल्लो सूचनामा अब जेठ २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।

    यसअघि पनि भोटो जात्राका कारण एक दिन समय थपिएको थियो, तर त्यसपछिको अवधिमा पनि माग अनुसार आवेदन नआएपछि पुनः म्याद लम्ब्याइएको हो।

    निफ्राले “६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९” नाममा ७ वर्ष अवधि हुने ऋणपत्र निष्कासन गरेको हो। कुल ५० लाख इकाईमध्ये ३० लाख इकाई संस्थागत लगानीकर्तालाई निजी रूपमा बिक्री गरिनेछ भने २० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ।यस ऋणपत्रमा एनआइएमबी एस क्यापिटल लिमिटेड ले बिक्री प्रबन्धकको जिम्मेवारी पाएको छ। आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर सफ्टवेयर मार्फत अनलाइनबाट गर्न सकिनेछ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij