Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

लुम्बिनी विकास बैंकद्वारा १ लाख ४ हजार संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकद्वारा १ लाख ४ हजार संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौं । लुम्बिनी विकास बैंकले १ लाख ४ हजार ८१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले आफ्नो विद्यमान संस्थापक सेयरधनीहरूलाई पहिलो प्राथमिकता दिँदै उक्त सेयर खरिदको लागि आवेदन दिन आह्वान गरेको छ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले जेठ २२ गतेदेखि ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ।

    बैंकले तोकिएको समयसीमाभित्र कुनै संस्थापक सेयरधनीबाट आवेदन नआएमा प्रचलित कानुनअनुसार अन्य इच्छुक लगानीकर्ताहरूलाई ती सेयर बिक्री गरिने जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij