Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

सान्भि इनर्जीको आइपीओ बाँडफाँट मिति अझै टुंगो छैन, सम्भवत: अर्को साता मात्र बाँडफाँट हुने

सान्भि इनर्जीको आइपीओ बाँडफाँट मिति अझै टुंगो छैन, सम्भवत: अर्को साता मात्र बाँडफाँट हुने

  •  

    काठमाडौं । सान्भि इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँटको मिति अझै तय हुन सकेको छैन। यस समाचार तयार पार्दासम्म बाँडफाँटको टुंगो नलागेको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ। सम्भवतस् यो साता बाँडफाँट नहुने र अर्को साता मात्र बाँडफाँट हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ।

    यसअघि बैंकिङले शुक्रबारसम्म बाँडफाँट हुने संकेत दिएको भए पनि प्रक्रियागत ढिलाइका कारण मिति सरेको हो।

    सान्भिको आइपीओ अत्यधिक आवेदन परेको कारण गोलाप्रथामार्फत बाँडफाँट गरिनेछ। कम्पनीको आइपीओमा २१ लाख ८ हजार २३२ जना लगानीकर्ताले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन्। तर, उपलब्ध सेयर संख्या अनुसार २ लाख ४१ हजार ५३० जनाले मात्र सेयर प्राप्त गर्नेछन् भने बाँकी १८ लाख ६६ हजार ७०२ जना लगानीकर्ताको हात खाली हुनेछ।

    कम्पनीले जेठ ९ देखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबर रहेको छ।

    साथै, केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। यो रेटिङ २०८२ फागुन १५ गतेसम्म मान्य हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij