Logo

Aug 11 2025 | २०८२, साउन २६गते

Aug 11 2025 | २०८२, साउन २६गते

images

हिम स्टार उर्जा कम्पनीको आइपीओ जेठ ३० देखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्राथमिकता

हिम स्टार उर्जा कम्पनीको आइपीओ जेठ ३० देखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्राथमिकता

  •  

    काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आगामी जेठ ३० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन  खुला गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्नो जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँ मध्ये ३० प्रतिशत, अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

    आयोजनाबाट प्रभावित स्थानीयका लागि
    कम्पनीले यसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबर, अर्थात् १ लाख ८६ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई बिक्री गर्न लागेको हो।
    यी सेयरहरूमा प्रतिकित्ता १०० रुपैयाँ दरले आवेदन दिन सकिनेछ।
    निष्कासनमा आवेदन दिन सक्ने स्थानीय क्षेत्रहरू निम्नानुसार छन्स्

    ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका–८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा

    सोलुखुम्बु जिल्ला, लिखुपिके गाउँपालिका–२, साविक गोली गाविस वडा नं. १, २, ३, ४, ५

    वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि
    साथै, कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत, अर्थात् ९३ लाख २५ हजार रुपैयाँ बराबरको सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गर्नेछ।
    यसअनुसार ९३ हजार २५० कित्ता साधारण सेयर, प्रति कित्ता १०० रुपैयाँमा, विदेशमा कार्यरत नेपालीहरूका लागि खुला हुनेछ।

    आवेदन सम्बन्धी विवरण
    न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

    स्थानीयका लागि आवेदन अवधिस् छिटोमा असार १३ गतेसम्म, र आवश्यकता अनुसार ढिलोमा असार २७ गतेसम्म

    विदेशमा रहेका नेपालीका लागि आवेदन बन्द मितिस् असार १३ गतेमै

    क्रेडिट रेटिङ
    इक्रा नेपालले हिम स्टार उर्जालाई  रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत स्तरको रहेको, तर जोखिम केही रहन सक्ने संकेत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij