Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

पिपुल्स पावरको ५०% हकप्रद सेयरका लागि असार २ गते बुक क्लोज

पिपुल्स पावरको ५०% हकप्रद सेयरका लागि असार २ गते बुक क्लोज

  •  

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले आफ्नो ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न असार २ गतेलाई बुक क्लोज मिति तोकेको छ। कम्पनीको निर्णय अनुसार, असार १ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयर भर्न योग्य हुनेछन्।

    कम्पनीले यसअघि नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर बिक्रीको अनुमति पाइसकेको छ। १ः०.५ अनुपातमा बिक्री हुने यस हकप्रदमा कुल ३१ लाख ६३ हजार कित्ता सेयर जारी गरिनेछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ।

    यो अनुसार, कम्पनीले कुल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ। हकप्रद सेयर बिक्रीको व्यवस्थापनको जिम्मा प्रभु क्यापिटल लाई दिइएको छ।

    हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ, जसले पिपुल्स पावरको वित्तीय आधार अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij