Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर विस्फोट, ३१ भन्दा बढी पसल जलेर नष्ट

बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर विस्फोट, ३१ भन्दा बढी पसल जलेर नष्ट

  • बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो एक होटलमा ग्यास सिलिण्डर विस्फोट भई भीषण आगलागी भएको छ। उक्त घटनामा ३१ वटा भन्दा बढी पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

    जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीका अनुसार खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएपछि आगलागी फैलिएको हो। 'मानवीय क्षति नभए पनि भौतिक क्षति अत्यन्तै ठूलो भएको छ,; डीएसपी हवारीले बताए। उनका अनुसार जलेका पसलका साथै आगो फैलिन नदिनका लागि भत्काइएका पसलसमेत गरी कुल ३१ पसल नष्ट भएका छन्।

    लाखौंको क्षति, विवरण संकलन जारी
    प्रहरीका अनुसार आगलागीबाट लाखौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। यद्यपि, यकिन क्षतिको विवरण संकलन भइरहेको र आगलागीको यथार्थ कारण अझै खुलेको छैन।

    आगो नियन्त्रणमा, तर सेवा अवरुद्ध
    सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तर, आगलागीका कारण बाम्का बजार क्षेत्रको फाइबर इन्टरनेट र विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij