Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

नेपाल राष्ट्र बैंकद्वारा ग्रामीण विकास र समाज लघुवित्तलाई मर्जरका लागि सैद्धान्तिक सहमति

नेपाल राष्ट्र बैंकद्वारा ग्रामीण विकास र समाज लघुवित्तलाई मर्जरका लागि सैद्धान्तिक सहमति

  •  

    काठमाडौं ।नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई मर्जर प्रक्रियाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। केन्द्रीय बैंकले जेठ २२ गते यी दुई लघुवित्त संस्थालाई पत्रमार्फत मर्जरको स्वीकृति दिएको जानकारी दिएको हो।

    यसअघि, दुवै संस्थाले फागुन १८ गते मर्जरमा जाने सहमति गर्दै प्रारम्भिक सम्झौता गरेका थिए। अब राष्ट्र बैंकको सैद्धान्तिक सहमतिपछि मर्जर प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्नेछ।

    मर्जरपछि लघुवित्त क्षेत्रको सुदृढिकरण, सेवा विस्तार र वित्तीय पहुँचमा सुधार हुने अपेक्षा गरिएको छ। यसले ग्राहकहरूलाई अझ प्रभावकारी तथा समावेशी सेवा दिन मद्दत पुग्ने विज्ञहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij