
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको भाउ एकैदिन ३ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख ९० हजार ७०० रुपैयाँमा झरेको छ।
शुक्रबार उक्त सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ थियो। मूल्य घट्ने क्रममा आज चाँदी पनि प्रभावित भएको छ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर २,१४५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ २,१५० रुपैयाँ थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij