Logo

Aug 11 2025 | २०८२, साउन २६गते

Aug 11 2025 | २०८२, साउन २६गते

images

निफ्राको ग्रीन बण्ड आज अन्तिम दिन, ६% वार्षिक ब्याजदरमा ५ अर्ब बराबरको ऋणपत्र बिक्रीमा

निफ्राको ग्रीन बण्ड आज अन्तिम दिन, ६% वार्षिक ब्याजदरमा ५ अर्ब बराबरको ऋणपत्र बिक्रीमा

  •  


    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा० द्वारा जारी गरिएको ग्रीन बण्डमा आवेदन दिन आज (जेठ २५ गते) अन्तिम दिन हो। कम्पनीले जेठ १८ गतेदेखि सुरु गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६५ २०८८/८९’ नामक यो ऋणपत्र ७ वर्ष अवधिका लागि वार्षिक ६ प्रतिशत ब्याजदरमा निष्कासन गरिएको हो।

    कुल ५ अर्ब रुपैयाँ बराबरका ५० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत ९३० लाख कित्ता० व्यक्तिगत तवरबाट र ४० प्रतिशत (२० लाख कित्ता) सर्वसाधारणलाई लक्षित गरी बिक्री गरिँदैछ। सर्वसाधारणतर्फको २० लाख कित्तामध्ये १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी १९ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत लगानीकर्ताका लागि उपलब्ध छन्।

    न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ। बिक्री तथा निष्कासन व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले संपूर्ण ब्क्द्यब् सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

    निफ्राले यो ग्रीन बण्ड सौर्य ऊर्जा तथा २५ मेगावाटसम्मका रन अफ रिभर जलविद्युत् परियोजनाहरूमा लगानी गर्न आवश्यक पूँजी जुटाउने उद्देश्यले ल्याएको हो। कम्पनीले तयार पारेको ‘ग्रीन बण्ड फ्रेमवर्क’ अन्तर्गत तोकिएका क्षेत्रहरूमा मात्र ऋण प्रवाह गरिनेछ, अन्यथा रकम अल्पकालीन तरल सम्पत्तिमा लगानी गरिने जानकारी दिएको छ।

    ब्याज हरेक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कटौतीसहित भुक्तानी गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij