Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

नेपाल धितोपत्र बोर्डको ३३ औँ वार्षिकोत्सवको अवसरमा अर्थमन्त्रीका सुझावहरू

नेपाल धितोपत्र बोर्डको ३३ औँ वार्षिकोत्सवको अवसरमा अर्थमन्त्रीका सुझावहरू

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्डको  ३३औँ वार्षिकोत्सव आइतबार मनाइएको छ ।कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले  बोर्डको वार्षिकोत्सवको अवसरमा शुभ कामना व्यक्त गर्दा केही सुझाव दिएका हुन् ।

    dhitopatra3.jpeg

    बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले ऊर्जा उत्पादकहरूद्वारा आईपीओ अनुमतिका लागि रकम माग गरिएको आरोपको सामना गरिरहेका बेला भएको  यो कार्यक्रम अर्थमन्त्री पौडेलले केही सुझाव दिएका छन् ।अर्थमन्त्री पौडेलको बिचौलियाको फन्दामा नपर्नू , इन्साइडर ट्रेडिङको रोक्नु , हात बाँधेर नबस्नू , आफू पनि गल्ती नगर्नू र गल्ती गर्नेलाई पनि नछोड्नू  र  पुँजी बजारमा नयाँ उपकरण ल्याउनू जस्ता सुझाव दिए ।

    पुँजी बजार तथा वस्तु विनिमय बजारको नियामक निकायको रुपमा क्रियाशील रहेको बोर्डले छरिएर रहेका बचत तथा वैदेशिक पुँजी समेतलाई उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक–सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको पौडेलले बताए । पुँजी बजारलाई स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाई लगानीकर्ताको हक हित संरक्षण एवं प्रवद्र्धन गरी पुँजी परिचालन मार्फत आर्थिक समृद्धि हासिल गर्न आगामी दिनमा बोर्डले थप क्रियाशीलता लिने अपेक्षा गरेको बताए ।

    बोर्डले लगानीकर्ताको लगानी सुरक्षा र सुरक्षित कारोबारका लागि धितोपत्र बजारलाई आधुनिक एवम् प्रविधिमैत्री बनाई कारोबार लागत घटाउने, लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने, संस्थागत क्षमता अभिवृद्धि र नियामकीय सक्षमता विकास गर्ने दिशामा समेत परिणाममुखी सक्रियता लिने विश्वास लिएको बताए। 

    बोर्डका अध्यक्ष श्रेष्ठले धितोपत्र बोर्डलाई   विश्वसनीय गतिशिल र पारदर्शी बनाउन प्रतिपादित बजार सम्बन्धी सिद्धान्त  अन्य प्रचलित अभ्यास एवं सरकारका अन्य सरोकारवाला निकायहरूको निर्देशन एवं मार्गदर्शन र नेपाल सरकारले तय गरेका बजार विकासका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र धितोपत्रसम्बन्धी कानुन एवं कार्य प्रक्रियामा सुधार गरिने विश्वास व्यक्त गरे । अध्यक्ष श्रेष्ठले बोर्डको नियमन तथा सुपरिवेक्षण गतिविधिलाई थप प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तअनुभवी संघसंस्थाहरूसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने उनले जनाए ।

    नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यकम र बजेटले  लिएको नीति रणनीति तथा कार्यक्रम अनुरूपका निर्धारित लक्ष्य हासिल गर्ने कार्यमा टेवा पु¥याउन  बोर्डको नीति तथा कार्यक्रम तर्जुमा गरिने पनि उनले विश्वास दिलाए । बजेट अनुरूप कार्यान्वयन कार्ययोजना लागू गरिने भूमिकातर्फ अग्रसर रहिरहने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण र थप विकास तथा सुधारका लागि नेपाल सरकार लगायत वित्तीय क्षेत्रका अन्य नियमन निकायहरू, अन्तरर्राष्ट्रिय संघ संस्था तथा बजार सम्बद्ध पक्षहरू सबैचाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij