Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै – बोलकबोल प्रणालीमार्फत तरलता व्यवस्थापन

राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै – बोलकबोल प्रणालीमार्फत तरलता व्यवस्थापन

  •  

    काठमाडौँ ।  राष्ट्र बैंकले आइतवार २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएको पृष्ठभूमिमा चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातदेखि नै राष्ट्र बैंकले नियमित रूपमा तरलता संकलन गर्दै आएको छ। सोही निरन्तरतामा, यसपटक पनि निक्षेप संकलनको लागि अनलाइन बोलकबोल प्रणाली प्रयोग गरिँदैछ।

    हाल मुलुकको कुल निक्षेप ६९ खर्ब ४५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। बढ्दो निक्षेप तथा प्रणालीमा मौज्दात अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले यस्तो पहल गरेको हो। आज हुने बोलकबोलमा ब्याजदर प्रतिस्पर्धात्मक प्रस्तावमार्फत निर्धारण हुनेछ भने संकलित निक्षेपको मूलधन तथा ब्याज २०७९ साउन ४ गते भुक्तानी गरिने जनाइएको छ।

    बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र अधिकतम ५ करोडको गुणात्मक अङ्कमा विभाजित हुने गरी प्रस्ताव पेश गर्न सक्नेछन्। कुल आह्वान रकम २० अर्ब रुपैयाँसम्मका लागि प्रतिस्पर्धा हुनेछ।

    यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij