Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

सरकारद्वारा चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट

सरकारद्वारा चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट

  • काठमाडाैँ । सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट दिएको छ ।  अर्थ मन्त्रालयले सो बराबरको छुट दिइएको  जनाएको हो ।

    यसरी छुट पाउने कम्पनीहरुमा सबैभन्दा बढी  नेपाल विद्युत् प्राधिकरण लाई छुट दिइएको हो ।  प्राधिकरणले १ अर्ब ८७ करोड रुपैयाँ बराबरको भन्सार छुट पाएको छ । त्यस्तै, नेपाली सेनाले ७४ करोड ६८ लाख, राष्ट्रिय विपद् प्राधिकरणले २१ करोड ८५ लाख रुपैयाँ छुट पाएको जनाइएको छ ।

    त्यस्तै, चीन झियाङसू अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहकारी समूहले २० करोड ३१ लाख, घोराही मेडिचपुरकम्पनीले २० करोड, सिनो हाइड्रो कर्पोरेसनले ११ करोड ३९ लाख, पुरातत्व विभागले १० करोड ७७ लाख रुपैयाँ रराजश्व छुट पाएको जनाइएको छ ।

    त्यस्तै, छुट पाउने सूचीमा रुपन्देहीको केएसएम बसिर मोहम्मद एण्ड सन्स, सिमिजु कोअपरेसन, कोकन रेल्वे कर्पोरेसन लगायत समेत छन् । धुलिखेलको पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले समेत २३ हजार रुपैयाँ राजश्व छुट प्राप्त गरेको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij