Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

गैरआवासीय नेपाली संघको १२औं महाधिवेशनको तयारी तीव्र

गैरआवासीय नेपाली संघको १२औं महाधिवेशनको तयारी तीव्र

  • काठमाडौँ ।गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आउँदो १२औं महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। संघका उपाध्यक्ष डा. हेमराज शर्माका अनुसार २०८२ साल असोज २४ देखि २७ गतेसम्म (११–१४ अक्टोबर २०२५) काठमाडौंमा आयोजना हुने विश्व सम्मेलन तथा महाधिवेशनको तयारी औपचारिक रूपमा सुरु गरिएको हो।

    आइतबार सम्पन्न संघका पदाधिकारीहरूको बैठकले विधानअनुसार नयाँ नेतृत्व चयन गर्न निर्वाचन समिति गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ। निर्वाचन आयुक्तहरूको छनोट भने संघको आगामी केन्द्रीय समिति (ICC) बैठकमा तय गरिनेछ।

    राष्ट्रिय परिषदमा देखिएको सदस्यता वितरणसम्बन्धी विवाद समाधानका लागि एक न्यायिक समिति बनाउने निर्णय पनि गरिएको छ। यस्तै, अन्तर्राष्ट्रिय समितिको निर्वाचनमा पारदर्शिता सुनिश्चित गर्न छुट्टै निगरानी समिति गठन गरिनेछ।

    संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिषदको निर्वाचन प्रक्रिया अनलाइन माध्यमबाट, फेस भेरिफिकेसन प्रणाली प्रयोग गरेर, सम्पन्न गरिने सहमति गरिएको छ।

    महासचिव गौरीराज जोशीको सञ्चालनमा सम्पन्न बैठकले महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारीलाई अगाडि बढाउन केन्द्रीय कार्यालयलाई निर्देशन दिएको छ।

    साथै, एमआईएस (मेम्बर इन्फरमेशन सिस्टम) प्रणालीमार्फत सदस्यता वितरण नगर्ने राष्ट्रिय समितिहरूलाई संघमा आबद्ध नगर्ने निर्णय गरिएको छ। यस्ता समितिहरूको स्थानमा वैकल्पिक संरचना तत्काल निर्माण गर्ने निर्णय समेत लिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij