
काठमाडौँ । एसियन लाइफ इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल ५.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। आइतबार (जेठ २५ गते) बसेको सञ्चालक समिति बैठकले ५.१० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
उक्त प्रस्ताव बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ। गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ८.१६ प्रतिशत लाभांश वितरण गरेको थियो, जुन यस वर्षको तुलनामा केही बढी थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij