
काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको ‘लक इन’ अवधि आगामी असार २९ गते सकिँदैछ। सो मितिपछि ती सेयरधनीहरूलाई आफ्ना सेयरहरू दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ।
कम्पनीले सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको मितिबाट तीन वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय र कर्मचारीका सेयरहरू लक इनमा राख्नुपर्ने व्यवस्था अनुसार, हालसम्म कुल १ करोड १ लाख ९२ हजार ५०० कित्ता संस्थापक सेयर, १३ लाख ५० हजार कित्ता स्थानीय बासिन्दाको सेयर र ३९ हजार १५० कित्ता कर्मचारीको सेयर कारोबार गर्न रोकिएको थियो।
यद्यपि, सञ्चालक समिति सदस्यहरू तथा कम्पनीको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले भने आफ्नो सेयर तत्काल बिक्री गर्न नपाउने कम्पनीले स्पष्ट पारेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij