Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

युनाइटेड नेचर इन्टरनेसनल पिसद्वारा भिक्षु डा. राजु लामा पी कोन्दन अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक नियुक्त

युनाइटेड नेचर इन्टरनेसनल पिसद्वारा भिक्षु डा. राजु लामा पी कोन्दन अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक नियुक्त

  • काठमाडौँ ।  युनाइटेड नेचर इन्टरनेशनल पिस (युनिप)ले भिक्षु डा. राजु लामा पी. कोंन्दनलाई अन्तर्राष्ट्रिय शैक्षिक निर्देशकको रूपमा नियुक्त गरेको छ। शिक्षामार्फत दिगो विकास लक्ष्य प्राप्ति साथै वैश्विक विकासमा योगदान पु¥याउने उद्देश्यले युनिपका प्रेसिडेन्ट जेनरल र डाइरेक्टर जेनरलले डा. लामालाई उक्त पदमा  नियुक्ति गरेको  जनाएको हो । उनको कार्यकाल  जुन २०२६ जुन ९ सम्मका लागि मान्य रहने जनाइएको छ । सन् १९७३ सेप्टेम्बर १८ मा जन्मिएका  डा. लामाले शिक्षा, अन्तरधार्मिक संवाद र शान्ति निर्माणका क्षेत्रमा दशकौं लामो अनुभव सँगालेका छन् ।साथै उनले यस क्षेत्रमा  योगदान पु¥याउँदै आएका छन् । उनको  नेतृत्वमा युनिपले शैक्षिक पहुँच विस्तार र क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।shah.jpg

    यसै क्रममा, बङ्गलादेशका राजु शाहलाई अन्तर्राष्ट्रिय समन्वयक नियुक्त गरिएको छ। उनको भूमिकाले युनिपका विभिन्न देशीय शाखाहरूबीच समन्वय सुदृढ गर्न तथा दक्षिण एसिया लगायत विश्वभर शान्ति प्रवद्र्धनका साझा पहलहरूलाई प्रवाह गर्न योगदान पुग्ने  विश्वास लिइएको छ ।

    युनिप वैश्विक एकता, वातावरणीय समन्वय र मानवतावादी सहकार्य प्रवद्र्धनमा समर्पित संस्था हो । “युनिटि अफ नेशन” भन्ने मार्गदर्शक दर्शन अन्तर्गत यसले प्रकृति संरक्षण, शिक्षा, शान्ति र मानवतावादी क्रियाकलापका क्षेत्रमा क्रियाशील समान सोच भएका संस्थाहरूसँग साझेदारी बलियो पार्दै लगेको छ । साथै यसले विश्वव्यापी उपस्थिति थप विस्तार गर्दै आएको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij