Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

जोशी हाइड्रोपावरलाई ६५% हकप्रद सेयर बिक्रीको स्वीकृति, १७ महिनापछि बोर्डको अनुमति

जोशी हाइड्रोपावरलाई ६५% हकप्रद सेयर बिक्रीको स्वीकृति, १७ महिनापछि बोर्डको अनुमति

  •  

    काठमाडौं – जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। कम्पनीले आवेदन दिएको १७ महिनापछि सेबोनले हकप्रद सेयर जारीको स्वीकृति दिएको हो।

    कम्पनीले कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ, जसको प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ। यसअनुसार कुल २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको पूँजी संकलन हुने कम्पनीको योजना छ।

    हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij