
काठमाडौँ । रक्तदानलगायतका कार्यक्रम गरी प्रथम अटोव्यवसायी दिवस २०८२ मनाइएको छ ।अटो व्यवसायी दिवस मनाउन वृहत रक्तदान तथा सरसफाइ कार्यक्रम गरिएको संघका पदाधिकारीहरूले बताएका हुन् ।
नेपाल रिकन्डिसन अटोव्यवसायी संघ केन्द्रीय समितिले सोमबार ती कार्यक्रमहरू गरेको जनाएको छ । संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा ललितपुरको कुसुन्तीस्थित यातायात व्यवस्थापन कार्यालय परिसरमा कार्यक्रम सम्पन्न जनाइएको छ ।
कार्यक्रममा आफ्नो संघका अध्यक्ष रमेश कोइरालाले हरेक वर्ष जेठ २६ गते देशभरीबाट सेकेण्ड ह्याण्ड अटोमोवाइल्सको कारोबार गर्ने व्यवसायीहरुलाई समेटेर अटो व्यवसायी दिवस मनाउने बताए । गत वर्ष सम्पन्न निर्वाचनको परिणामलाई लिएर फुटको बाटो रोजेका केही व्यवसायीलाई वार्ताबाट असन्तुष्टिको समाधान गर्नेगरी संघको मुलधारमा समाहित हुन र व्यवसायीहरुमा भ्रम सिर्जना गर्ने कार्य बन्द गरि व्यवसायीहरुको हकहितमा केन्द्रित हुन उनले आह्वान पनि गरे ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij