काठमाडौँ । काठमाडौँको इन्द्रचोक÷मखनस्थित ताम्राकार प्लाजामा रहेको शिव इम्पोरियम, एस.एन श्रृंगारलगायतका फर्महरूले नकली गरगहना (ज्वेलरी)को थोक कारोबारमा ठुलो मात्रामा राजस्व छली गरेको पाइएको छ । नकली ज्वेलरीको कारोबारमा बादशाह भनेर चिनिने अशोक पारिकले सञ्चालन गरेका शिव इम्पोरियम, एस.एन श्रृंगारलगायत आधा दर्जन फर्महरूले नकली ज्वेलरीको कारोबारमा ठुलो परिमाणमा राजस्व छली गरेको पाइएको हो ।
विगत लामो समयदेखि विभिन्न फर्महरू मार्फत् नकली श्रृंगारका विभिन्न मालवस्तुको कारोबार गर्दै आएका अशोक पारिकका ताम्राकार प्लाजमा र मखन आसपासमा झण्डै आधा दर्जन पसलहरू सञ्चालित छन् । केही मालवस्तुहरू नेपालमै बनाउने अशोकले अधिकांश नकली श्रृंगारका मालवस्तु भारतबाट केही भन्सार तिरी केही बिना भन्सार मगाउने गरेका छन् ।
किलोमा भन्सार तिरी ल्याएका सुनचाँदी जलप भएको नकली गहनाहरूको बिक्री उनले पिस पिसमा गर्ने गरेका छन् । परल मूल्य भन्दा अधिक मूल्यमा बिक्री गर्दा अशोकले विगत लामो समयदेखि राजस्व छल्दै आएका छन् । अशोकले शिव इम्पोरियम र केही कम्पनी भ्याटमा दर्ता गराएका छन् भने सिस्टर कम्पनीहरू एस.एन श्रृंगारलगायतका फर्महरू प्यानमा दर्ता गरेका छन् ।

उनले शिव इम्पोरियमलगायत केही फर्महरू आफ्नै नाममा सञ्चालन गरेका छन् भने अन्य केही फर्महरू विभिन्न व्यक्तिका नाममा सञ्चालन गराएका छन् । अशोकले सुनचाँदी जलप भएको नकली गहनाको थोक बिक्री गर्दा सकभर बिलै नदिने , दिएपनि कम मूल्यको दिएर मूल्य अभिवृद्धि कर (भ्याट) छली गरिरहेका छन् । विभिन्न फर्म मार्फत् वार्षिक करोडौँको कारोबार गर्ने अशोकले आयकर र भन्सार समेत छल्ने गरेको बताइएको छ । यससम्बन्धमा राजस्व अनुसन्धान विभागले नकली गरगहनाको कारोबारमा ठुलो मात्रामा राजस्व छली भइरहेको बताएको छ । यता वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नकली गरगहनाको कारोबारमा मूल्य सूची नराख्ने, सामानको गुणस्तरबारे प्रष्ट न खुलाउनुले समस्या देखिएको बताएको छ । यस सम्बन्धमा अशोक पारिकसँग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij