Logo

Jun 15 2025 | २०८२, असार १गते

Jun 15 2025 | २०८२, असार १गते

images

अन्तर्राष्ट्रिय मुद्रा कोषले विस्तारित कर्जा सुविधा अन्तर्गत पाँच अर्ब ८४ करोड रुपैयाको छैटौँ किस्ता दिने

अन्तर्राष्ट्रिय मुद्रा कोषले विस्तारित कर्जा सुविधा अन्तर्गत पाँच अर्ब ८४ करोड रुपैयाको छैटौँ किस्ता दिने

  • काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत छैटौँ किस्ता दिने भएको छ ।ईसीएफ अन्तर्गत थप ४२.७ मिलियन अमेरिकी डलर (५ अर्ब ८४ करोड)रुपैयाँ आईएमएफले दिने भएको हो ।

    आईएमएफका मिसन प्रमुख सरवत जहाँको टोलीले हालै काठमाडौको भ्रमण गरेको थियो । सो क्रममा नेपाली अधिकारी र आईएमएफका कर्मचारीहरूसँग छैटौँ समीक्षा पूरा गर्न आवश्यक नीति र सुधारबारे कर्मचारी स्तरको सम्झौता भएको थियो ।

    आईएमएफले विष्णु पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेललगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।अब उक्त सम्झौता आईएमएफको कार्यकारी बोर्डले अनुमोदन गर्नेछ । त्यसपछि बोर्डको समीक्षा सम्पन्न हुन्छ । त्यसपछि नेपालले उक्त रकम हासिल गर्ने आईएमएफले जनाएको छ ।

    यससँगै नेपालले आईएमएफबाट कूल ३३१.८ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ ।पाँचौ समीक्षापछि नेपालले ईसीएफअन्तर्गत करिब ५ अर्ब ८१ करोड रुपैयाँ (४ करोड १८ लाख अमेरिकी डलर) पाएको थियो ।आईएमएफले नेपालले विस्तारित कर्जा सुविधा अन्तर्गतका कार्यक्रममा सन्तोषजनक प्रदर्शन गरिरहेको जनाएको छ ।

    ‘संरचनागत सुधारले गति लिएको देखिन्छ । आर्थिक गतिविधि पनि क्रमशः पुनरुत्थान भइरहेको छ । आर्थिक वर्ष २०२४/२०२५ मा आर्थिक वृद्धि ४ प्रतिशतभन्दा माथि हुने अनुमान छ,’ रिपोर्टमा  जनाइएको छ ।
    त्यसैगरी आगामी दिनमा आर्थिक वृद्धि सुदृढ हुने र मुद्रास्फीति नियन्त्रणमा रहने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij