Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

एभरेष्ट कलरले सर्वसाधारणका लागि आईपीओ ल्याउँदै, लक्ष्मी सनराइज क्यापिटलसँग सम्झौता

एभरेष्ट कलरले सर्वसाधारणका लागि आईपीओ ल्याउँदै, लक्ष्मी सनराइज क्यापिटलसँग सम्झौता

  •  

    काठमाडौं । आईएसओ प्रमाणित एभरेष्ट कलर प्रा।लि। ले सर्वसाधारणका लागि साधारण शेयर ९आईपीओ० निष्कासन गर्न लागेको छ। यसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडसँग बिक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ता सम्झौता गरेको हो।

    बुधबार सम्पन्न सम्झौतामा एभरेष्ट कलरका प्रबन्ध सञ्चालक सरोज लुइँटेल र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

    कम्पनीले निकट भविष्यमा ७ लाख ९० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने योजना बनाएको छ।

    स्वदेशी लगानीमा आधारित एभरेष्ट कलरले निर्माण क्षेत्रमा गुणस्तरीय रंग उत्पादन गरी आयात प्रतिस्थापन, रोजगारी सृजना, र आन्तरिक राजस्वमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। कम्पनीले आधुनिक प्रविधि प्रयोग गरी भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने रंगहरू उत्पादन गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij