Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

बागलुङको अस्तुमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

बागलुङको अस्तुमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

  •  

    ढोरपाटन ।  यहाँको ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । बुर्तिवाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप आज साँझ ५ः४५ बजे दुर्घटना भएको हो ।

     

    दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । अहिले प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा उद्धार भइरहेको उहाँको भनाइ छ । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थापाले बताउनुभयो । 

     

    ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार छ जना घाइतेको उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्रादेशिक अस्पताल पठाइएको छभने दुई वटा शव सङ्कलन भइरहेको छ ।

     

    उपप्रमुख कायतले भन्नुभयो, “हामी घटनास्थल आइपुगेका छौँ, अहिले घाइतेको उद्धार गरी प्रहरी र नगरपालिकाको गाडीमा अस्पताल पठाइरहेका छौँ, दुई जनाको मृत्यु भएको छ, शव सङ्कलनको प्रयास भइरहको छ ।” 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij