Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, ५ लाख कित्ता भन्दा बढी सेयर खुला

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, ५ लाख कित्ता भन्दा बढी सेयर खुला

  • काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले सोमबार एक सूचना जारी गर्दै इच्छुक व्यक्तिहरू वा संघसंस्थालाई आवेदन दिन आह्वान गरेको हो।

    बैंकका अनुसार इच्छुक खरिदकर्ताले आज असार १ गतेदेखि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन कुमारी बैंकको प्रधान कार्यालय टंगाल वा कुमारी क्यापिटल लिमिटेडको कार्यालय, नक्साल नागपोखरीमा पेश गर्न सकिनेछ।

    सेयरको मूल्य भने बिक्रेता संस्थापक सेयरधनीले तोकेको दरमा हुने जनाइएको छ। यस्ता सेयरहरूमा खरीदपछिको हस्तान्तरण तथा पुनः बिक्री गर्दा नियामक निकायको नीति र नियम अनुसार प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

    बैंकले बिक्री प्रक्रिया पारदर्शी र खुला राख्ने बताउँदै सबै इच्छुक लगानीकर्तालाई प्रक्रिया अनुसार आवेदन दिन अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij