Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

पिपुल्स पावरको ५०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

पिपुल्स पावरको ५०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

  • काठमाडौं। पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (असार १ गते) अन्तिम दिन हो। कम्पनीले असार २ गते (मंगलबार) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

    कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ। पिपुल्स पावरले १ः०.५ अनुपातमा कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

    प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका अनुसार कम्पनीले यसबाट कुल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको पुँजी संकलन गर्नेछ। हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।

    यस हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij