Logo

Aug 07 2025 | २०८२, साउन २२गते

Aug 07 2025 | २०८२, साउन २२गते

images

नागरिक लगानी कोष र गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता

नागरिक लगानी कोष र गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता

  • काठमाडौँ । नागरिक लगानी कोष र गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच एक पेन्सन योजनासम्बन्धी सम्झौता भएको छ ।महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको होकोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सम्झौतामा  हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षरपछि कोषका कार्यकारी निर्देशक कार्कीले पेन्सन योजनामा सहभागीको रकम सुरक्षित रहने र अवकाशपछि पेन्सन सुविधा पाइने जानकारी दिए ।उनले स्वआर्जनमा रहेका र अन्य क्षेत्रका स्थानीय बासीलाई सहभागिताको लागि  आग्रह गरे । त्यसैगरी गाउँपालिकाका अध्यक्ष ज्ञवालीले स्थानीय बासीले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे ।

    सम्झौताअनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कल्याणकारी कोष व्यवस्थापनअन्तर्गत रुरुक्षेत्र गाउँपालिकाद्वारा सञ्चालित स्वयंसेविकाको कल्याणकारी कोषबाट प्रतिस्वास्थ्य स्वयंसेविकाको मासिक आठ सय ३० रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ ।
    पालिकाबाट सञ्चालित स्वयमसेविका कल्याणकारी कोष व्यवस्थापनअन्तर्गत व्यक्तिगत खाताको रकम वा अन्य कुनै ऋण वा सहुलियत सम्बन्धित व्यक्ति वा हकवालालाई उपलब्ध गराउँदा पालिकाको सिफारिसको आधारमा मात्र उपलब्ध गराउन सकिने व्यवस्था भएको जनाइएको छ । यस योजनामा सहभागी स्वयंसेविकालाई पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ अनुसार स्वयंसेविका र पालिकाको तर्फबाट जम्मा भएको रकमका आधारमा जम्मा भएको रकम एकमुष्ठ वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउने सम्झौतामा जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij