Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

पोखरास्थित सहकारीका ८८ करोड रुपैयाँभन्दा धेरै हिनामिनामा संलग्न भएकाहरू पक्राउ

पोखरास्थित सहकारीका ८८ करोड रुपैयाँभन्दा धेरै हिनामिनामा संलग्न भएकाहरू पक्राउ

  • काठमाडौँ । प्रहरीले  पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिनामा संलग्न भएकाहरूलाई पक्राउ गरेको छ ।  सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना भएको पाइएपछि संलग्न भएको आशंका गरिएकाहरूलाई पक्राउ गरिएको हो । 

    पोखरा नयाँबजारमा प्रमुख कार्यालय रहेको सहकारीको रकम अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, वर्तमान सुपरभाइज मार्केट प्रमुख वेदीप्रसाद सुवेदी, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहालसहितको कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएको जनाइएको छ ।प्रहरी स्रोतले जनाए  अनुसार    उनीहरूसँगै   सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद  र सञ्चालक समिति सदस्य दोर्जे तामाङ पनि पक्राउ परेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij