Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

XPENG G7 ले बनायो कीर्तिमान – ४६ मिनेटमै १०,००० अर्डर!

XPENG G7 ले बनायो कीर्तिमान – ४६ मिनेटमै १०,००० अर्डर!

  • काठमाडौँ । Xpeng को नयाँ इलेक्ट्रिक SUV—G7 ले चीनमा ११ जुन २०२५ मा सार्वजनिक भएको केवल ४६ मिनेटमै १०,००० भन्दा बढी प्रि-अर्डर प्राप्त गर्न सफल भई विश्वव्यापी EV बजारमा तहल्का मच्चाएको छ।यस उत्साहजनक प्रतिक्रियाले Xpeng को प्रविधिमा आधारित नवीनता प्रति उपभोक्ताको पूर्ण विश्वास र उत्सुकतालाई प्रस्ट रुपमा झल्काउँछ।

    G7 मा Xpeng द्वारा  विकास गरिएको ‘Turing AI chip’, Huawei सँगको सहकार्यमा तयार गरिएको ८७-इन्चको AR-HUD डिस्प्ले, उच्च स्तरीय स्वचालित ड्राइभिङ सुविधा, र 5C अल्ट्रा-फास्ट चार्जिङ जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्।
    ७०० किलोमिटरसम्मको अधिकतम रेञ्जले G7 लाई इन्टेलिजेन्ट मोबिलिटीको नयाँ मापदण्डको रूपमा आफूलाई स्थापित गरेको छ।

    G7 ले अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुलिरहेको छ, यधपी CG Motors ले Xpeng को AI Mobility को भिजनलाई नेपालमा G6 को माध्यमबाट पहिले नै भित्र्याइसकेको छ।G6 मा OTA अपडेट, XOS अपरेटिङ सिस्टम, ८००V चार्जिङ, SEPA 2.0 आर्किटेक्चर जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्, जसले नेपाली सडकमा EV को अनुभवलाई अझ स्मार्ट र इन्टेलिजेन्ट बनाउँछ।

    स्मार्ट, सुरक्षित र प्रविधिमैत्री इलेक्ट्रिक ड्राइभिङ अनुभवका लागि Xpeng को विश्वव्यापी प्रगति र "AI Mobility को भविष्य नेतृत्व गर्ने" प्रतिबद्धता अब नेपालमा साकार हुँदैछ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij