Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

लुम्बिनी प्रदेशको ३८ अर्ब ९१ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा ६०% भन्दा बढी विनियोजन

लुम्बिनी प्रदेशको ३८ अर्ब ९१ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा ६०% भन्दा बढी विनियोजन

  • बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभाको छैठौँ अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दै समृद्ध लुम्बिनी र खुसी नागरिकको दीर्घकालीन लक्ष्य हासिल गर्न योजना केन्द्रित गरिएको जानकारी दिए।

    प्रस्तुत बजेटमा १२ अर्ब १ करोड रुपैयाँ ९३०।८८५० चालु खर्चतर्फ, २३ अर्ब ४७ करोड रुपैयाँ (६०.३२%) पुँजीगत खर्चतर्फ, र ३ अर्ब ४२ करोड रुपैयाँ (८.८०%) वित्तीय हस्तान्तरणतर्फ विनियोजन गरिएको छ। बजेटले कृषिमा उत्पादन तथा उत्पादकत्व वृद्धिदेखि लिएर गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा पहुँच, उद्यमशिलता प्रवर्द्धन, पूर्वाधार विकास, सामाजिक न्याय र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij