
काठमाडौँ ।मकरी गाड हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा असार १८ गतेका दिन बोलाएको छ। सभा कम्पनीको रजिष्ट्रार कार्यालय, नारायणगोपाल चोक, महाराजगञ्ज, काठमाडौंमा साँझ ५ बजेबाट सुरु हुनेछ।
सभामा कम्पनीले प्रस्तावित साधारण सेयर (आईपीओ) जारी गर्ने विषयमा छलफल हुनेछ। साथै, आईपीओबाट प्राप्त हुने पूँजीको उपयोगबारे रणनीति तय गरिनेछ। यस्तै, कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि महत्वपूर्ण निर्णय लिने तयारी गरिएको छ।
यो विशेष साधारण सभा कम्पनीको पूँजी संरचना सुदृढ गर्न र भावी लगानी योजना अगाडि बढाउन महत्त्वपूर्ण हुने बताइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij