Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

वर्ल्डलिंकको ११ अर्बभन्दा बढी आम्दानी, बजार हिस्सा ३२% पुग्यो

वर्ल्डलिंकको ११ अर्बभन्दा बढी आम्दानी, बजार हिस्सा ३२% पुग्यो

  • काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सन् २०२४ मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.७० प्रतिशतले वृद्धि भएको हो। सन् २०२३ मा कम्पनीले १० अर्ब ३३ करोड २० लाख र सन् २०२२ मा ९ अर्ब ३९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो। यो तथ्यांक केयर रेटिङ नेपालले सार्वजनिक गरेको हो।

    कम्पनीले कर्जाका लागि ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको रेटिङ पुनः पुष्टि गराएको छ। यस अन्तर्गत दीर्घकालीन २ अर्ब १९ करोड ६० लाख कर्जाका लागि  र छोटो अवधिका १ अर्ब ७५ करोड कर्जाका लागि रेटिङ प्राप्त भएको हो। टेलिकम लाइसेन्स नवीकरणसम्बन्धी सर्वोच्च अदालतको २०८१ साल जेठ १ गतेको निर्णयपछि कम्पनीको रेटिङमा सकारात्मक प्रभाव परेको छ।कम्पनीले २०७८ मंसिर २८ गते ग्रामीण टेलिकम विकास कोष र रोयल्टी सम्बन्धी सबै पुराना दायित्वहरू भुक्तानी गरिसकेको छ। ग्राहक संख्या र कारोबार दुवैमा वर्ल्डलिंकले पछिल्ला वर्षहरूमा उल्लेखनीय वृद्धि गरेको छ। हाल देशभर १० लाखभन्दा बढी सक्रिय ग्राहक रहेको र इन्टरनेट सेवा क्षेत्रमा कम्पनीको बजार हिस्सा ३२ प्रतिशत पुगेको छ।

    यद्यपि, बढ्दो प्रतिस्पर्धाको कारण ग्राहक प्रतिको औसत आम्दानी ९ब्च्एग्० घटिरहेको छ। गत वर्ष प्रति ग्राहक औसत आम्दानी ९८७ रुपैयाँबाट घटेर ८६१ रुपैयाँमा झरेको छ।

    ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबाट १ अर्ब ८ करोड र डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँको वैदेशिक लगानी कम्पनीले प्राप्त गरिसकेको छ। साथै, २०८१ मंसिर १३ गते फिनफन्डसँग १ करोड युरोको थप एफडीआई सम्झौता पनि गरिएको छ।
    हाल वर्ल्डलिंकको फाइबर नेटवर्क सहर केन्द्रित भए पनि कम्पनीले ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्ने योजना बनाएको छ। यसका लागि ऋण, नयाँ सेयर निष्कासन र आन्तरिक आम्दानीबाट पुँजी जुटाउने रणनीति तयार गरिएको छ। तर, अत्यधिक ऋण प्रयोग भएमा कम्पनीको वित्तीय स्थायित्वमा असर पर्न सक्ने चेतावनी केयर रेटिङ नेपालले दिएको छ।

    देशभर इन्टरनेट सेवाको माग बढेसँगै आईएसपीहरूको संख्या पनि बढिरहेको छ। वर्ल्डलिंकले अन्य आईएसपी मात्र होइन, टेलिकम कम्पनीहरूसँग समेत तीव्र प्रतिस्पर्धा गर्नुपरेको छ। यस्तो चुनौतीपूर्ण वातावरणमा पनि कम्पनीले आफ्नो सेवा गुणस्तर र ग्राहक सन्तुष्टिमा ध्यान दिँदै बजार विस्तार गरिरहेको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij