Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

भिजिट भिसा प्रकरण: छानबिन तत्काल सुरु गर्न माओवादीको सरकारलाई दबाव

भिजिट भिसा प्रकरण: छानबिन तत्काल सुरु गर्न माओवादीको सरकारलाई दबाव

  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादी सांसद शक्ति बस्नेतले रोष्टममार्फत गृहमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारलाई स्मरण गराउँदै भने, “सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ, तर अब त्यो पर्खनु आवश्यक छैन।”

    उनले छानबिन प्रक्रिया एक साताभित्रै सुरु गर्नुपर्नेमा जोड दिँदै भने, “सरकारको प्रतिबद्धता तत्काल कार्यान्वयन होस्, छानबिन समिति गठन गरेर जनभावनालाई सम्बोधन गर्न ढिला गर्नु हुँदैन।”

    यसअघि सरकारले भिजिट भिसा दुरुपयोग प्रकरणमा ३० दिनभित्र छानबिन समिति गठन गर्ने बताएको थियो। माओवादी केन्द्रले भने सो अवधि कुर्नु नपर्ने भन्दै छानबिन तुरुन्त अघि बढाउन जोड दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij